मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दाम्पत्य जीवनको भाकल पूजा गर्न संचिता काठमाडौंमा

फिल्मीखबर, काठमाण्डौ, 2010/08/04

नायक निखिल उप्रेतीसँग बिहे गरी मुम्बई बस्दै आएकी नायिका संचिता लुइँटेल आफ्नो दाम्पत्य जीवनको भाकल पूजा गर्न काठमाडौं आएकी छिन्। उनी निखिल र आफूले पशुपतिनाथको मन्दिरमा गरेको भाकलको पूजा गर्न र एउटा चलचित्रको डबिङ गर्न सोमबार काठमाडौं आएकी हुन्।



'हिजै पूजा गर्छु भनेको साउनको सोमबार भएकाले हिजो पूजा गर्न सकिएन' संचिताले भनिन्- भाकलको पूजा भएकोले धेरै समय लाग्छ। केही नभए पनि साढे दुई घण्टा लाग्छ। त्यसैले भीड नहुने दिन पारेर पूजा गर्दै छु। पुजारीले पर्सि समय दिनुहुन्छ कि निपर्सि दिनुहुन्छ। त्यसो त दम्पतीकै भाकल भएकाले संचिताले पूजा गर्नका लागि निखिललाई पनि साथमै लिएर आउन खोजेकी थिइन्। तर उहाँ आउनुभएन एक्लै पूजा गर्छु -संचिताले भनिन्। निखिल नआए पनि उनले निखिललाई छुवाएर पूजा सामग्री र अगरबत्ती उतैबाट ल्याएकी छिन्। पूजा सामान र बत्ती उहाँलाई छुवाएर ल्याएकी छु। यति भएपछि उहाँले पनि पूजा गरे सरह हुनेछ -उनले भनिन्- 'पोहोर सालको साउनमा पूजा गर्दा त निखिल उहाँका दिदीहरु फ्यामली सबैजना हुनुहुन्थ्यो। यसपालि एक्लै पूजामा हुन्छु।'



काठमाडौं आएलगत्तै संचिताले नवनिर्देशक बाबुराम ढकालद्वारा निर्देशित तथा दिलकुमार प्यासीद्वारा निर्मित चलचित्र पर्खी राख हैको डबिङ गरेकी छिन्। यो चलचित्रले धेरैजसो प्राविधिक कार्य पूरा गरिसके पनि संचिताको आवाजका लागि उनलाई पर्खिरहेका कारण उनले यही सेड्युलमा त्यसको डबिङ गरिदिएकी हुन्। धेरै भयो उहाँहरुले डबिङका लागि बोलाउनुभएको समय नमिलेर आउन सकेकी थिइनँ र आवाज मिल्ने कसैलाई गराउनु भनेकी थिएँ। तर उहाँहरुले तपाईंले डबिङ गरेजस्तो अरुले गरेर हुँदै हुँदैन भन्नुभएकोले भाकल पनि पूरा गर्ने डबिङ पनि गर्ने गरी आएकी हुँ -संचिताले भनिन्- मंगलबारबाटै लोड सेडिङ बढेकाले सोचेजति डबिङ गर्न पाइएन। भोलि आज बुधबार गरेर सकिन्छ कि सकिँदैन। उनी एक हप्ताको ओपन टिकट बोकेर काठमाडौं आएकी हुन्। डबिङ सकाई भाकलको पूजा गरेलगत्तै उनी मुम्बई फर्किनेछिन्।



संचिता हाल भारतीय टेलिभिजन च्यानल कलस्रका टेलिसिरियलमा खेल्ने उद्देश्य सो च्यानलले दिइरहेको वर्कसपमा सहभागी भइरहेकी छिन्। उनी कलस्रको नन्दिनीको वर्कसपमा जुटिरहेकी छिन्। वर्कसप गरिरहेकी छु एग्रिमेन्ट भएको छैन। डिसेम्बरमा फाइनल होला -उनले भनिन्। उनका अनुसार आगामी भदौ महिनामा निखिल पनि चलचित्रमा काम गर्ने गरी काठमाडौं आउनेछन्। समाचारपत्र