मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोटा चलचित्रहरुको महोत्सव हुने

फिल्मीखबर, काठमाण्डौ, 2010/08/04

क्रिएटिभ इन्टरनेसनल प्रोडक्सन आर्टस सीआईपीए नेपालले राजधानीमा छोटा चलचित्रहरुको महोत्सव गर्ने भएको छ। आगामी भदौ २१ देखि २४ सम्म तीन दिन चाबहिलस्थित गोपीकृष्ण मुभिजमा हुनेसो महोत्सवमा ३ देखि ३० मिनेटसम्मका काल्पनिक, सूचनामूलक, अनुभवजन्य तथा सैद्धान्तिक विषयवस्तुसँग सम्बन्धित प्रविधियुक्त चलचित्रलाई समावेश गरिने भएको छ ।

 

'वल्र्डस् फिल्म फियस्टा' नाम दिइएको महोत्सवमा सहभागी मध्येबाट उत्कृष्ट सोच र प्रस्तुति भएका सर्वोत्कृष्ट तीन कथात्मक चलचित्र र डकुमेन्ट्रीलाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ । पुरस्कृत चलचित्रकर्मीलाई छोटा चलचित्र तथा म्युजिक भिडियो निर्माणको अवसर प्रदान गरिने र आवश्यक साधन उपलब्ध गराइने समेत आयोजकले जानकारी गराएको छ ।