मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सकियो 'श्रीमान्'

फिल्मीखबर, काठमाण्डौ, 2010/08/02

नवल नेपालको निर्देशनमा बनेको चलचित्र 'श्रीमान्' को छायाँकन सकिएको छ । यो चलचित्रको अहिले सम्पादन कार्य भईरहेको छ ।

 


श्रीमान्/श्रीमतीले आपसी समस्या तथा एक अर्कालाई बुझ्न नसक्दा परिवारमा आउने फाटोको बिषयलाई लिएर निर्माण गरिएको सो चलचित्रमा कल्याण घिमिरे, पूजना प्रधान, पुष्पराज पुरुष, नीर शाह, सुनिल थापा, संगम विष्ट र नवप्रस्तुति रूपा खनालको अभिनय रहेको छ ।

 


चलचित्रमा महेश खड्काको संगीत, दिव्य सुवेदीको छायांकन, राजु शाहको नृत्य-निर्देशन र शिव पुरी एवं अरुण शर्माको सम्पादन रहेको छ ।  चलचित्रमा पटकथा र संवाद निर्देशक स्वयंको रहेको छ ।