मिति : २०८२ आषाढ १, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चीनमा कलाकारको ओईरो लाग्ने

फिल्मीखबर, काठमाण्डौ, 2010/07/23

नेपाल-चीन कुटनीतिक सम्बन्ध स्थापनाको ५५ औं वर्षगाँठमा सहभागी हुन अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर बेइजिङ प्रस्थान गर्दैछन् ।

 

१८ साउनमा दूतावासले आयोजना गर्ने विशेष कार्यक्रमका लागि अभिनेता हमाल र अभिनेत्री मानन्धर सहित करिब डेढ दर्जन कलाकारलाई निम्तोपत्र दिईएको छ । दूतावासले उक्त दिन बेइजिङमा मुनामदन नाटक प्रदर्शनका लागि निर्देशक सुनिल पोखरेलसहित करिब डेढ दर्जन कलाकार पनि निम्ता दिएको छ ।

 

दुई देशबीच सन् १९९५ मा सांस्कृतिक सहयोग सम्बन्धी एक सम्झौता भएपछि हरेक वर्ष सांस्कृतिक आदानप्रदान हुँदै आएका छन्। कुटनीतिक सम्बन्ध स्थापनाको पचासौं वर्षगाँठको सन्दर्भमा काठमाडौंस्थित चिनियाँ दूतावासले जुन २००५ मा एक सातासम्म ‘चाइना फेस्टिभल' आयोजना गरेको थियो। डेढ महिनाअघि बेइजिङमा संगीतकार अम्बर गुरुङको ‘अम्बर साँझ' भएको थियो।

 
Most Visited News (monthly)