Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हामी तीन भाइ’को ‘झम्के फुली’ गीतमा छमछमी नाचे कुशलदेखि आश्मासम्म

फिल्मीखबर, काठमाडौं, 2026/03/20

Kushal Bista, Phalit Rai

 

राम नवमीको अवसर पारेर चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’को प्रचार अभियानलाई निर्माण पक्षले तीव्र बनाएको छ । यतिबेला फिल्मका कलाकारहरू प्रचारप्रसारमा सक्रिय देखिएका छन् भने टिजरदेखि ट्रेलरसम्म सार्वजनिक भइसकेका छन् । यसै क्रममा शुक्रबार फिल्मको नयाँ गीत ‘झम्के फुली’ दर्शकमाझ ल्याइएको छ । 

युवायुवतीबीचको प्रेम र आकर्षणलाई केन्द्रमा राखिएको यस गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको छ । संगीत गायक शक्ति स्वयंको हो भने शब्द सुवलमणि सापकोटाले लेखेका हुन् । संगीत संयोजन महाराज थापाको रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू फलित राई, जाहन्वी बस्नेत, कुशल विष्ट र आश्मा गिरीलाई देख्न सकिन्छ ।

मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा, विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा, अन्जु हमाल, तारा शर्मा, पवन केसी लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ । फिल्मका निर्माताहरू त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् ।

साजित महत प्रस्तुतकर्ता तथा विक्रम तामाङ कार्यकारी निर्माता रहेको फिल्ममा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे सह-निर्माताको रूपमा छन् । फिल्ममा शिवम् अधिकारीको लेखन, शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कमल राईको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन तथा साप शक्ति र बाबुल गिरीको संगीत रहेको छ ।