Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जलाकी’मा सोनमले दोस्रो मौका पाउँदा धीरज बाहिरिए

फिल्मीखबर, काठमाडौं, 2026/03/18

Sonam Topden

 

नेपाली फिल्ममा कलाकार हेरफेर हुनु सामान्य मानिन्छ । छायांकन भइरहँदा समेत कलाकार फेरिने गर्छन् । तर, फिल्म ‘जलाकी’को हकमा भने कलाकार फेरबदलको प्रक्रिया रोचक देखिएको छ । २०८१ सालको चैतमा फिल्मको शुभ मुहूर्त गर्दा मुख्य अभिनेताको रुपमा सोनम तोप्देन थिए । अभिनेत्री उपासना सिंह ठकुरीसँग जोडी बाँध्ने गरी उनलाई फिल्ममा लिइएको थियो । 

तर, मुहूर्तपछि लामो समय छायांकन नहुँदा सोनम अर्को फिल्म ‘ऐरी’मा जोडिए । यो फिल्मको छायांकनको क्रममा उनी खुट्टा भाँचिएर घाइते भएपछि ‘जलाकी’का निर्माताले उनलाई विशेष भूमिकामा राख्दै धीरज मगरलाई मुख्य भूमिकामा अनुबन्धित गरे । तर, यसपछि पनि ११ महिनासम्म छायांकन हुन सकेन । जसले गर्दा फिल्ममा फेरि कलाकार हेरफेर भएका छन् । 

सोनम पूर्ण रुपमा निको भएसँगै उनलाई ‘जलाकी’मा पुरानै भूमिकामा फर्काइएको छ भने धीरज फिल्मबाट बाहिरिएका छन् । उनी सहमतिमै फिल्मबाट अलग भएको जनाइएको छ । सोनम मुख्य भूमिकामा फर्किएसँगै करिब ९ दिनदेखि कास्कीका विभिन्न ठाउँमा फिल्मको छायांकन भइरहेको छ । यसका निर्देशक अशोक थापा मगर हुन् ।

मगर समुदायको कथामा आधारित यस फिल्ममा सोनम र उपासनासहित साहारा हाङमा लिम्बू, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) लगायतको पनि अभिनय रहनेछ । फिल्मका निर्माताहरूमा ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।