Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हामी तीन भाइ’को ट्रेलरमा अंशबन्डाको झगडा

फिल्मीखबर, काठमाडौं, 2026/03/16

Binod Neupane, Kushal Bista

 

राम नवमीको अवसर पारेर चैत १३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक झण्डै चार मिनेट लम्बाइको ट्रेलरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त झलक प्रस्तुत गरेको छ । विवाहपछि दाजुभाइबीच पैतृक सम्पत्ति (जग्गा)को भागबन्डालाई लिएर हुने मनमुटावलाई ट्रेलरमा देखाइएको छ । 

मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा, विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा, अन्जु हमाल, तारा शर्मा, पवन केसी, विरेन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । 

यो फिल्मका प्रस्तुतकर्ता साजित महत हुन् भने त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्मातामा छन् । विक्रम तामाङ कार्यकारी निर्माता हुन् । सह-निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे रहेका छन् । फिल्ममा शिवम् अधिकारीको लेखन, शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कमल राईको नृत्य निर्देशन तथा साप शक्ति र बाबुल गिरीको संगीत रहेको छ ।