Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विजयले पोखराबाट सुरु गरे ‘जिरो डिग्री’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2026/03/15

ZERO DEGREE SHOOT START

 

अभिनेता विजय बरालको मुख्य भूमिका रहने फिल्म ‘जिरो डिग्री’को छायांकन सुरु भएको छ । आइतबार बिहान पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गरेसँगै फिल्मको छायांकन थालिएको हो । फिल्मको पहिलो सटमा विजयसहित प्रकाश घिमिरे, राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए । 

आकाश बराल र साजन काफ्लेको निर्देशनमा बन्ने यस फिल्ममा सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, सबिना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । फिल्ममा निर्देशकद्वय बराल र काफ्ले स्वयंको लेखन छ भने कास्टिङ सन्जोग रसाइलीले गरेका हुन् ।

‘जिरो डिग्री’को कथावस्तु निकै नौलो र रोचक छ । सडक सञ्जालले नछोएको एक गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नआइपुग्दासम्म शव सुरक्षित राख्न सहरबाट ‘डीप फ्रिज’ बोकेर गाउँ भित्र्याएपछि उत्पन्न हुने परिस्थितिलाई फिल्ममा प्रस्तुत गरिनेछ । निर्देशक काफ्लेका अनुसार फिल्ममा फ्रिज गाउँसम्म पुर्‍याउने प्रसंग मात्र नभइ लाइट कमेडी कथा पनि रहेको छ ।

मोती कार्की कार्यकारी निर्माता रहेको यस फिल्मलाई निशाल पौडेलले छायांकन गर्दैछन् भने सम्पादन चानस पुन मगर र रंग संयोजन राजेन्द्र मोक्तानले गर्नेछन् । फिल्ममा अङ्कित बाबु अधिकारीको संगीत तथा युवराज काफ्लेको शब्द रचना रहेको छ । फिल्मको पब्लिसिटी डिजाइन रोयल भिमसेन नेतृत्वको ट्राइडेन्ट कन्सेप्टले गर्नेछ ।