Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेठ ८ गतेलाई सर्‍यो ‘मितज्यू’

फिल्मीखबर, काठमाडौं, 2026/03/15

Mitjeu

 

अभिनेत्री तेरिया फौजा मगरको डेब्यु फिल्म ‘मितज्यू’को प्रदर्शन मिति हेरफेर भएको छ । आगामी जेठ १५ गते प्रदर्शन हुने भनिएको यो फिल्म अब एक साताअघि नै हलमा लाग्नेछ । आइतबार निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै जेठ ८ गतेलाई नयाँ प्रदर्शन मिति तय गरेको हो । अहिलेसम्म यो मितिमा फिल्मलाई सोलो रिलिजको अवसर छ ।

फिल्मको नयाँ पोस्टरमा कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर र शिशिर वाङ्देललाई प्रस्तुत गरिएको छ । दयाहाङ घाइते अवस्थामा देखिएका छन् भने सौगात कुखुराको भाले बोकेर खुसी मुद्रामा कतै हेरिरहेका देखिन्छन् । तेरिया मजेत्रोले टाउको बेरेर सोचमग्न देखिएकी छन् । पोस्टरले फिल्मको कथा सामाजिक सम्बन्धमा आधारित रहेको संकेत गर्छ ।

अनिल बुढा मगरको निर्देशन तथा जनक घर्ती मगरको निर्माणमा बनेको यस फिल्ममा दयाहाङ, सौगात, शिशिर र तेरियासहित पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूले अभिनय गरेका छन् । 

फिल्ममा महेश राईको लेखन रहेको छ भने छायांकन शिशिर बिशंखेले गरेका हुन् । यस्तै, लोकेश बज्राचार्यको सम्पादन, श्रीकृष्ण बम मल्लको संगीत, मुकेश शाहको साउन्ड डिजाइन, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड म्यूजिक, मिङ्मा डिलेप्चाको कोरियोग्राफी तथा प्रभात विष्ट र सुरज श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको देशव्यापी वितरण आरआर फिल्म्सले गर्नेछ ।