Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लालीबजार’को ‘मायालाई के दिउँ म बैना’ गीतमा छमछमी नाचिन् स्वस्तिमा

फिल्मीखबर, काठमाडौं, 2026/03/13

Swastima Khadka

 

यम थापाको निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा दीपिका बयम्बु मगर र खेम सेन्चुरीको स्वर रहेको छ भने संगीत गायक सेन्चुरी स्वयंको हो । शब्द रमेश बिजीले लेखेका हुन् । गीतमा मायाको निशानी सुम्पिएको विषयलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ ।

प्रदीप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीपसहित स्वस्तिमा खड्का र बाल कलाकार समाइरा थापाको आकर्षक नृत्य प्रस्तुति देख्न सकिन्छ । फिल्मका मुख्य कलाकारहरू रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ र विशाल देवकोटा पनि भिडियोमा देखिएका छन् । भिडियोलाई आकर्षक बनाउन सेट डिजाइन, प्रप्स र कोरसमा ठूलो खर्च गरिएको देखिन्छ ।

आगामी बैशाख १८ गतेबाट प्रदर्शन हुने यस फिल्ममा अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् । यसमा निर्देशक थापा स्वयंको कथा छ भने संवाद र पटकथा यम र प्रदीप भट्टराईले लेखेका हुन् । 

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुशन प्रजापतीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड म्यूजिक तथा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत रहेको छ । फिल्मको कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्मातामा छन् ।