Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६६ वर्षकी नीना गर्भवती भएकी हुन् ?

एजेन्सी, काठमाडौं, 2026/03/13

Neena Gupta

 

बलिउड अभिनेत्री नीना गुप्ताको एक तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केही दिनअघि नवविवाहित जोडी विजय देवरकोन्डा र रश्मिका मन्दानाको रिसेप्सन पार्टीमा उनी सेतो रंगको साडी लगाएर उपस्थित भएकी थिइन् । त्यसबेला उनको पेट गर्भवतीको जस्तो देखिएको थियो । यसपछि उनी आमा बन्न लागेको भन्दै व्यापक अफवाह फैलिएको छ ।

नानीले आफूलाई बधाईको ओइरो लाग्न थालेपछि यसबारे स्पष्टीकरण दिएकी छन् । उनले बलिउड हंगामासँगको कुराकानीमा आफू गर्भवती नभएको बताएकी छन् । उनले भनेकी छन्, ‘म यही चाहन्छु कि एक रियल बधाई हो । ‘बधाई हो’ जस्तो कुनै सिन । तर, म गर्भवती छैन । खासमा मैले पार्टीमा लगाएको साडीको कपडा मोटो थियो, जसले गर्दा पेट निस्किएको जस्तो लागेको हो ।’ 

उनी आफू गर्भवती भएको अफवाह फैलिएकोमा दुःखी भने छैनन् । भन्छिन्, ‘यो उमेरमा मेरो बारेमा प्रेग्नेन्सीसम्बन्धी समाचारहरू आउँदा मलाई धेरै खुशी लागेको छ । यसले देखाउँछ कि हामी राष्ट्रको रूपमा विकसित हुँदैछौं ।’ स्मरण रहोस् कि उनले सुपरहिट फिल्म ‘बधाई हो’मा ६० वर्षको उमेरमा गर्भवती हुने महिलाको भूमिका निभाएकी थिइन् ।

नीनाको विवाह उमेरले ५० कटेपछि भएको थियो । उनले सन् २००८ मा दिल्लीका चार्टर्ड अकाउन्टेन्ट विवेक मेहरासँग विवाह गरेकी थिइन् । त्यसअघि उनले एकल आमा भएर आफ्नी छोरी मसाबा गुप्तालाई एक्लै हुर्काउँदै आएकी थिइन् । वेस्ट इन्डिजका पूर्व क्रिकेटर विवियन रिचर्ड्ससँग विवाह बिनै नीनाले सन् १९८९ मा छोरी मसाबालाई जन्म दिएकी थिइन् ।