Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आँचलको ‘एक मुठ्ठी बादल’ जेठ १ मा आउने

फिल्मीखबर, काठमाडौं, 2026/03/08

EMB_ANNOUNCEMENT_POSTER_FINAL.

 

अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । आइतबार निर्माण कम्पनी गौंथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरेको हो । फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा आँचलसहित निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । निशा करिब तीन दशकपछि अभिनयमा फर्किएकी हुन् । 

गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले निर्माण गरेको फिल्ममा अभिमन्यु दीक्षित निर्माता तथा निकुन श्रेष्ठ कार्यकारी निर्मातामा छन् । निर्माण टोलीमा जर्मनका सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् । थाइल्यान्डको ह्वाइट लाइटले कलर ग्रेडिङ गरेको यस फिल्ममा भियतनामकी लिन्ह डान गुयेन फानको छायांकन तथा भारतकी दीपा भाटियाको सम्पादन छ । 

‘एक मुठ्ठी बादल’ले ‘युरोपियन पोस्ट-प्रोडक्सन ग्रान्ट ह्युबर्ट बल्स फन्ड’ प्राप्त गर्ने पहिलो नेपाली फिल्मको रूपमा इतिहास रचिसकेको छ । तीन पुस्ताको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने यो फिल्मले द्रुत गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबीचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई चित्रण गर्ने जनाइएको छ ।