Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परालको आगो’को पोस्टरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2026/02/26

paral ko aago

 

आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’को पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । रहस्य र द्वन्द्व झल्काउने थिममा तयार पारिएको पोस्टरमा फिल्मका मुख्य तीन कलाकार सौगात मल्ल, प्रकाश सपूत र सुहाना थापा देखिएका छन् । उनीहरूलाई गम्भीर र चिन्तित मुद्रामा देख्न सकिन्छ । 

सिउँदोमा सिन्दूर र निधारमा रातो टीका लगाएकी सुहाना उदास देखिएकी छन् । उनको अनुहारको भावले चिन्ता र दबिएको भावनालाई संकेत गर्छ । सौगात र प्रकाश भने निराश र गहिरो पीडामा देखिएका छन् । दुवैको अनुहार रुन्चे देखिन्छ । तीन पात्रको मनोदशाले फिल्मको कथावस्तु भावनात्मक तनाव, पीडा र आन्तरिक संघर्षमा आधारित रहेको स्पष्ट पार्छ । 

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा सौगात, प्रकाश र सुहानासहित सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, मन्जिला बाँनिया लगायतका कलाकारहरूले अभिनय गरेका छन् । हरिओम सिने मेकर्सका सुशील पोखरेलले निर्माण गरेको यो फिल्ममा सुशील देवकोटाको लेखन रहेको छ ।

कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’बाट प्रेरित भनिएको यस फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य-स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ । श्रीमान्-श्रीमती चामे र गौँथलीको झैँझगडालाई फिल्ममा प्रस्तुत गरिएको छ ।