Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

‘प्रेम गीता’को पोस्टर रिलिज, तर प्रदर्शन अन्योल

फिल्मीखबर, काठमाडौं, 2026/02/25

prem geeta

 

फिल्मको प्रदर्शन मिति तय भएपछि मात्र पोस्टरदेखि ट्रेलरसम्म सार्वजनिक गर्ने विश्वव्यापी ट्रेन्ड नै बनेको छ । यसो गर्दा फिल्मको प्रदर्शन मितिबारे दर्शकलाई जानकारी गराउन सहज हुने विश्वास निर्माताहरूमा छ । तर, केही फिल्मले भने यो शैली अपनाउँदैनन् । नेपाली फिल्म ‘प्रेम गीता’ले पनि विश्वव्यापी ट्रेन्डभन्दा फरक शैलीमा प्रचार अभियानलाई अगाडि बढाइरहेको छ ।

गत वर्ष नै छायांकन पूरा भइसकेको यो फिल्मको प्रदर्शन मिति तय हुन बाँकी छ । तर, यसका एकपछि अर्को प्रचार सामग्री सार्वजनिक भइरहेका छन् । केही साताअघि फिल्मको टिजर र बुधबार पोस्टर सार्वजनिक गरिएको छ । तर, दुईवटा प्रचार सामग्री सार्वजनिक भइसक्दा पनि निर्माण पक्षले फिल्म कहिले रिलिज हुन्छ भन्नेबारे जानकारी गराएको छैन ।

बुधबार सार्वजनिक पोस्टरमा फिल्मका मुख्य जोडी जाहन्वी बस्नेत र साजिद खान (नव अभिनेता)लाई देख्न सकिन्छ । उनीहरूलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । अर्को दृश्यमा भने जाहन्वी कुनै सुन्दर ताल नजिक नृत्य भावमा देखिएकी छन् । यो पोस्टरले एक जोडीको प्रेम र संघर्षलाई फिल्ममा मुख्य कथावस्तु बनाइएको स्पष्ट संकेत गर्छ ।

राजेन्द्र बस्नेतको निर्देशनमा बनेको यस फिल्ममा साजिद र जाहन्वीसहित सुशील पोखरेल, अर्जुन गुरुङ, मनिल तामाङ, आइशा पौडेल, दिप्सन लिम्बू, मन्शी शर्मा, मौसम खड्का, रियाशा सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ । अर्नव बस्नेतको प्रस्तुतकर्ता तथा एस.ए शाह निर्माता रहेको फिल्ममा बन्दे प्रसादको सम्पादन तथा रामेश्वर हुमागाईँको डीओपी छ ।