
राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको छ । मंगलबार धनकुटाबाट फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मका लागि पहिलो सट जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी)ले दिएका छन् । यसमा उनीहरू श्रीमान्-श्रीमतीको भूमिकामा देखिने जनाइएको छ । यो उनीहरूको पहिलो सहकार्य हो ।
छायांकनमा जितु र प्रियनासहित सुशील पोखरेल, विरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरू उपस्थित छन् । निर्देशक बस्नेतले एक महिनाको सेड्युलमा फिल्मको छायांकन सुरु गरिएको बताए । उनका अनुसार धनकुटापछि बराहक्षेत्र र चतरामा फिल्मको छायांकन हुनेछ ।
कर्ण बहादुर फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मको निर्मातामा बालकुमार राई रहेका छन् । कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेको फिल्ममा डम्बर राईको छायांकन, किरण दाहालको द्वन्द्व निर्देशन तथा दिप्सन लिम्बूको संगीत रहनेछ । २ सयभन्दा बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका रोजल थापा फिल्ममा मुख्य सहायक निर्देशकको रूपमा छन् ।

