Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लालिमा’को दोस्रो टिजरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2026/02/22

Roshni Karki

 

तीन हजार यौनकर्मी महिलाको अनुभवमा आधारित फिल्म ‘लालिमा’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । एक मिनेटभन्दा लामो टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्तमा जानकारी दिएको छ । अभिनेत्री रोशनी कार्कीलाई केन्द्रमा राखिएको टिजरमा उनको पात्रको भावनात्मक उतारचढावलाई मर्मस्पर्शी रूपमा देखाइएको छ । फिल्ममा उनी यौनकर्मीको भूमिकामा छिन् ।

कोठाभित्र रोइरहेकी रोशनीलाई सुष्मा निरौलाले अंकमाल गरेको दृश्यबाट सुरू हुने टिजरमा रोशनीको संघर्षपूर्ण पारिवारिक जीवन, यौनकर्ममा लागेपछिको पीडा र प्रेम जीवनलाई प्रस्तुत गरिएको छ । अन्त्यतिर उनलाई बच्चा बोकेर कतै जाँदै गरेको पनि देख्न सकिन्छ । टिजरका दृश्यले यौनकर्मीको जीवन संघर्षलाई फिल्ममा चित्रण गरिएको स्पष्ट संकेत गर्छ । 

फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्ममा रोशनी र सुष्मासहित शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, सबिन कट्टेल, घनश्याम जोशी लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । रोशन मिराजको लेखन तथा निर्देशन रहेको फिल्मलाई फेथ आस्था र एम्पिफाई चेन्जले निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा रीना लामा छिन् ।

निर्देशक मिराजले फिल्मको कथा लालिमा पात्रको कठिनपूर्ण यात्रामा आधारित रहेको बताएका छन् । उनी भन्छन्, ‘एक घटनाले लालिमाकी आमा कारागार पुग्छिन् । आमालाई त्यहाँबाट मुक्त गराउने क्रममा उनी सहरको कठोर र अँध्यारोतर्फ धेकेलिन्छिन् । त्यसपछि शारीरिक र मानसिक पीडाबीच उनी कसरी बाँच्न बाध्य हुन्छिन् भन्ने कथा फिल्ममा छ ।’