Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विजय बरालसँग ‘जिरो डिग्री’मा देखिँदै सनिशा

फिल्मीखबर, काठमाडौं, 2026/02/20

Sanisha Bhattrai in ZERO DEGREE(1)

 

आकाश बराल र साजन काफ्लेको संयुक्त निर्देशनमा बन्न लागेको फिल्म ‘जिरो डिग्री’मा अभिनेत्री सनिशा भट्टराईले अभिनय गर्ने भएकी छन् । निर्माण पक्षले फिल्मको मुख्य महिला पात्रको भूमिकामा उनलाई अनुबन्धित गरेको हो । अभिनयको हिसाबले यो उनको तेस्रो फिल्म हुनेछ । यसअघि उनले दुई एक्सन फिल्म ‘१२ गाउँ’ र ‘नरसिंहा अवतार’मा अभिनय गरेकी थिइन् ।

सनिशाको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप थप बलियो बनेको छ । यसअघि कीर्तिमानी अभिनेता विजय बराल फिल्ममा आबद्ध भइसकेका छन् । तर, निर्माण पक्षले विजयको जोडीका रूपमा सनिशा देखिने वा उनको भूमिका फरक रहने भन्नेबारे खुलाएको छैन । फिल्ममा अनुबन्धित भएसँगै सनिशाले वर्कसप समेत सुरू गरिसकेकी छन् । 

निर्देशक द्वय बराल र काफ्ले स्वयंको लेखन तथा निर्माणमा बन्ने यस फिल्मको कथा राजन भुसालले लेखेका हुन् । फिल्ममा राजनको पनि अभिनय रहनेछ । मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको कार्यकारी निर्मातामा मोती कार्की रहेका छन् । निशाल पौडेलको छायांकन रहने फिल्मको सम्पादन चानस मगरले गर्नेछन् । 

सडक सञ्जालले नछोएको एक दुर्गम गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नआइपुग्दासम्म शव सुरक्षित राख्न सहरबाट ‘डीप फ्रिज’ बोकेर गाउँ भित्र्याएपछि उत्पन्न हुने परिस्थितिलाई फिल्ममा देखाइने निर्देशक काफ्लेले बताए । उनका अनुसार फिल्ममा एउटा फ्रिज गाउँसम्म पुर्‍याउने प्रसंग मात्र नभइ लाइट कमेडी कथा पनि रहेको छ ।