Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विवाह बन्धनमा बाँधिइन् नीति

फिल्मीखबर, काठमाडौं, 2026/02/20

niti shah

 

अभिनेत्री नीति शाह वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले शुक्रबार प्रेमी याञ्चित राणासँग विवाह गरेकी हुन् । अहिले ललितपुरको एक होटेलमा उनीहरूको वैवाहिक समारोह चलिरहेको छ । विवाहमा नीतिले रातो रंगको आकर्षक लेहेंगा लगाएकी छन् भने याञ्चित सेतो रंगको शेरवानीमा सजिएका छन् । प्राप्त तस्वीरमा दुवैलाई खुसी मुद्रामा देख्न सकिन्छ ।

गत बैशाखमा काठमाडौं जिल्ला अदालतमा कानूनी विवाह गरेका नीति र याञ्चित करिब ४ वर्षदेखि प्रेम सम्बन्धमा थिए । विवाहपूर्व प्रि-वेडिङ फोटोसुटसँगै आफू नजिकका साथीहरूसँग सीक्रेट ब्याचलर पार्टी मनाएका उनीहरूले बुधबार काठमाडौंमा आयोजना गरेको संगीत कार्यक्रममा पल शाह, बेनिशा हमाल, सन्ध्या केसी, आकृति राजभण्डारी लगायतले विशेष प्रस्तुति दिएका थिए ।

नीति र याञ्चितले आफू निकट सेलिब्रेटी र आफन्तका लागि आइतबार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा रिसेप्सन पार्टीको आयोजना गरेका छन् । पार्टीमा उपस्थितिका लागि नीतिको तर्फबाट राजेश हमाल, भुवन केसी, अनमोल केसी, स्वस्तिमा खड्का, पल शाह, माल्भिका सुब्बा लगायतका कलाकारहरूलाई निम्तो गरिएको जनाइएको छ । 

नीतिको कामको कुरा गर्दा उनले २०८१ सालमा प्रदर्शन भएको फिल्म ‘खजुरे ब्रो’बाट अभिनेत्रीको रूपमा डेब्यु गरेकी थिइन् । त्यसयता उनले ‘ज्वाइँ साब’, ‘नरसिंहा अवतार’, ‘मोहर’, र ‘कोशेढुंगा’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् । उनका श्रीमान् याञ्चित भने एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियर हुन् । उनी हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनेस्टीमा कार्यरत छन् ।