Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैत १३ मा सुरक्षाको ‘चमेलीको पोइ’ नआउने

फिल्मीखबर, काठमाडौं, 2026/02/19

chameliko poi

 

एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म ‘चमेलीको पोइ’ पूर्वघोषित मितिमा प्रदर्शन नहुने भएको छ । चैत १३ गते प्रदर्शन हुने भनिएको यो फिल्म अब उक्त मितिमा नआउने निर्माता राम नारायण उपाध्यायले जानकारी दिए । देशको वर्तमान राजनीतिक परिस्थिति र निर्वाचनको परिवेशलाई मध्यनजर गर्दै फिल्मको प्रदर्शन मिति स्थगित गरिएको उनले बताए । 

निर्माता उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी फिल्म प्रदर्शनको लागि शान्तिपूर्ण र अनुकूल वातावरणको प्रतिक्षामा छौं, जसले फिल्मको प्रदर्शनलाई थप प्रभावकारी बनाउने विश्वास लिएका छौं । फिल्मको नयाँ प्रदर्शन मिति छिट्टै मिडियामार्फत सार्वजनिक गर्नेछौं ।’ उनले समयमै फिल्म निर्माण सम्पन्न गरेकोमा निर्देशक बोहरालाई पनि धन्यवाद दिएका छन् ।

सुनिता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको यस फिल्ममा नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेम देव गिरी, गणेश गौतम, रामनारायण उपाध्याय, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, मिना आरएल शाही, रितु मल्ल ठकुरी लगायतको अभिनय देख्न सकिनेछ । 

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा निर्देशक बोहराको कथा, शिवम अधिकारीको पटकथा तथा शेरबहादुर तामाङको छायांकन रहेको छ । सामाजिक कमेडी कथावस्तुमा आधारित यस फिल्ममा उदय विक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्मातामा छन् भने सह-निर्माताहरू प्रदीप कुमार सापकोटा, यमप्रसाद ओली र सुदीप कुँवर हुन् ।