Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् ‘मुन्नी’

फिल्मीखबर, काठमाडौं, 2026/02/18

priyana acharya

 

राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई लिएर निर्माण घोषणा गरिएको यस फिल्ममा अब प्रियना आचार्य (मुन्नी) अनुबन्धित भएकी छन् । वर्षाले सहमतिमै फिल्म छाडेपछि निर्माताले उनको ठाउँमा प्रियनालाई भित्र्याएका हुन् । 

यस फिल्ममा प्रियनाको जोडी अभिनेता जितु नेपालसँग बाँधिनेछ । यसअघि ‘लाज शरणम्’, ‘झरीपछिको इन्द्रेणी’ र ‘कल्ली’मा काम गरिसकेकी उनी पहिलो पटक ‘कार्की साइँला’मा मुख्य भूमिकामा देखिन लागेकी हुन् । उनले फिल्मको कथावस्तु र आफ्नो चरित्र मन परेपछि काम गर्न तयार भएको बताएकी छन् । उनी यो फिल्मलाई लिएर उत्साहित देखिएकी छन् ।

नेपालको पूर्वी जिल्ला धनकुटामा छायांकन हुने यस फिल्ममा जितु र प्रियनासहित सुशील पोखरेल, बिरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय रहनेछ । ग्रामीण परिवेशमा निर्माण हुने यो फिल्म भरियाको कथामा आधारित रहने जनाइएको छ ।

कर्ण बहादुर फिल्म्स प्रालिको ब्यानरमा बन्न लागेको यस फिल्मको निर्मातामा बालकुमार राई रहेका छन् । कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेको फिल्ममा डम्बर राईको छायांकन, किरण दाहालको द्वन्द्व निर्देशन तथा दिप्सन लिम्बूको संगीत रहनेछ । म्युजिक भिडियो निर्देशकको रूपमा परिचित रोजल थापालाई फिल्ममा मुख्य सहायक निर्देशकको जिम्मेवारी दिइएको छ ।