Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बिगुल’को प्रदर्शन स्थगित गर्ने निर्माताको निर्णय

फिल्मीखबर, काठमाडौं, 2026/02/17

Bigul-2

 

गत शुक्रबार (१ फागुन)बाट प्रदर्शनमा आएको फिल्म ‘बिगुल’लाई निर्माताले हलबाट उतार्ने निर्णय गरेका छन् । मंगलबार निर्माता कम्पनी म्याग्नोलिया ग्रुपका अध्यक्ष सूर्यकान्त कोइरालाले जारी गरेको विज्ञप्तिमा भोलि बुधबारबाट फिल्मको प्रदर्शन रोक्ने निर्णय गरिएको जनाइएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनका कारण फिल्मको रिलिज स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘फागुन ६ गते बुधबारदेखि अर्को सूचना जारी नभइन्जेलसम्मका लागि ‘बिगुल’को प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराइन्छ । निर्वाचनको संवेदनशील अवस्थालाई ध्यानमा राखी सम्बन्धित निकायहरूको सुझाव तथा परिस्थितिको मूल्याङ्कन पश्चात् यो निर्णय लिइएको हो । हामी यस फिल्मको नयाँ प्रदर्शन मिति छिट्टै सार्वजनिक गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ ।

निर्माताले फिल्मको प्रदर्शन रोक्नुको कारण चुनावलाई देखाए पनि यो एउटा बहाना मात्र हो । पछिल्लो समय फिल्मले राम्रो व्यापार नगरेपछि विभिन्न कारण देखाएर प्रदर्शन स्थगित गर्ने ट्रेन्ड नै बनेको छ । ‘बिगुल’को हकमा पनि यही भएको हो । प्रदर्शनको ५ दिनसम्म फिल्मको व्यापारमा सुधारको संकेत समेत नदेखिएपछि निर्माताले प्रदर्शन स्थगित गरेका हुन् ।

रमेश कोइरालाको निर्देशनमा बनेको यस फिल्ममा नीर शाह, रमेश कोइराला, बेनिशा हमाल, नरेन खड्का, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डित लगायतको अभिनय रहेको छ । कांग्रेस नेता दिनेश कोइराला निर्माता रहेको यस फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन तथा तारा थापा (किम्भे)को सम्पादन छ ।