
राम नवमीको अवसर पारेर चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’को पहिलो गीत ‘मैले जति दुःख पीडा’ सार्वजनिक गरिएको छ । मर्मस्पर्शी भावको यस गीतमा बाबुल गिरीको शब्द, संगीत तथा स्वर रहेको छ । गीतले आफ्नाबाटै पीडा भोग्नुपर्दाको भावना व्यक्त गर्दै माया गरे माया मिल्ने सन्देश दिएको छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई लगायतलाई देख्न सकिन्छ । तीन दाजुभाइको घनिष्ट सम्बन्धमा कुनै घटनाले आउने उतारचढावलाई भिडियोमा प्रस्तुत प्रस्तुत गरिएको छ । भिडियोका दृश्यले ग्रामीण परिवेशको कथामा फिल्म आधारित रहेको संकेत गर्छ ।
मधुसुदन भट्टराई निर्देशित यस फिल्ममा राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, सुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायतको पनि अभिनय देख्न सकिनेछ ।
त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्माता रहेको यस फिल्ममा विक्रम तामाङ कार्यकारी निर्मातामा छन् भने सह–निर्माताहरू भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे हुन् । साजित महत प्रस्तुतकर्ता रहेको फिल्ममा शिवम् अधिकारीको लेखन, शिव ढकालको छायांकन, बनिश शाहको सम्पादन तथा साप शक्ति र बाबुल गिरीको संगीत छ ।

