Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साढे तीन करोडमा इलाममा खुल्यो ‘फ्रेन्डस् सिनेमाज्’को नयाँ हल

फिल्मीखबर, काठमाडौं, 2026/02/14

friends cinema


‘फ्रेन्डस् सिनेमाज्’ले इलाममा नयाँ शाखा विस्तार गरेको छ । आउँदो शुक्रबारबाट सञ्चालन हुने यो हल साढे तीन करोड लागतमा तयार भएको हो । इलाम नगरपालिका-७ मा अवस्थित यस हलमा १९० सिट क्षमताको एउटा मात्र स्क्रिन रहेको छ । योसहित ‘फ्रेन्डस् सिनेमाज्’को हल संख्या तीनवटा पुगेको छ । यसका धरान र बुटवलमा दुईवटा हल सञ्चालनमा छन् ।

‘फ्रेन्डस् सिनेमाज्’का निर्देशक आशिस एच तामाङले पहाडी भेगका दर्शकको फिल्मसम्म पहुँच पुर्‍याउन इलाममा हल खोलेको बताए । उनका अनुसार आगामी दिनमा अन्य जिल्लामा पनि शाखा विस्तार गरिनेछ । नेपाली फिल्मको बजार विस्तार गर्न सबैभन्दा पहिला घरेलु बजार बढाउनुपर्नेमा उनले जोड दिएका छन् । 

फिल्म निर्माता तथा वितरक समेत रहेका तामाङ भन्छन्, ‘हामी नेपाली फिल्मको बजार विस्तार गर्नुपर्छ भनेर बहस गर्छौं, तर हल भने काठमाडौं र अन्य ठूलो सहरमा मात्रै केन्द्रित गरिरहेका छौं । बजार विस्तार गर्ने हो भने पहिला हरेक जिल्लामा सुविधा सम्पन्न हल सञ्चालनमा आउनुपर्छ । जिल्ला-जिल्लामा हल खोल्ने हो भने अहिलेकै अवस्थामा पनि घरेलु बजार दोब्बरले बढ्छ ।’