Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पीआर’को पीडा भुल्दै नयाँ फिल्मको तयारीमा जुटे शोभित

फिल्मीखबर, काठमाडौं, 2026/02/13

sobhit basnet

 

कुनै बेला ‘हिट मेसिन’का रूपमा परिचित निर्देशक शोभित बस्नेत पछिल्लो समय असफलतासँग जुधिरहेका छन् । विगत एक दशकयता उनले निर्माण र निर्देशन गरेका कुनै फिल्म सफल भएका छैनन् । तर, उनी फिल्म बनाउन रोकिएका पनि छैनन् । गत मंसिरमा प्रदर्शन भएको ‘पीआर’ असफल भएपछि निराश देखिएका उनी अब अर्को फिल्म निर्माणको तयारीमा जुटेका छन् । 

केही सातादेखि अस्ट्रेलियामा रहेका शोभितलाई कृष्ण थापा नेतृत्वको ‘ए टु जेड क्लिनिङ सप्लायर्स’ले नयाँ फिल्म निर्देशनको जिम्मेवारी सुम्पिएको छ । बिहीबार दुई पक्षबीच लिखित सम्झौता भएको हो । फिल्मको केही दिनमा शीर्षक र कलाकारबारे जानकारी गराइने शोभितले बताए । उनका अनुसार फिल्मको मुख्य भूमिकामा एक नायक र दुई नायिका हुनेछन् ।

सलोन-सलिना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको कार्यकारी निर्मातामा नवीन घायल र सह-निर्मातामा हिमाल भण्डारी रहेका छन् । निर्देशक बस्नेत स्वयंको कथा रहेको फिल्ममा सौरभ लामाको छायांकन र हिमाल केसीको द्वन्द निर्देशन रहनेछ । फिल्मको ६० प्रतिशत अस्ट्रेलिया र ४० प्रतिशत नेपालको जुम्लामा छायांकन हुने जनाइएको छ ।

निर्देशक बस्नेत आगामी मार्च २० (६ चैत)देखि चर्चित कमेडी शो ‘कमेडी दरबार’को टिमलाई एक महिनाको अस्ट्रेलिया टुरमा लैजाने तयारीमा छन् । यो कार्यक्रम सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन, न्युक्यासललगायत करिब ८ वटा सहरमा आयोजना हुनेछ । सो टुर सकिएलगत्तै अस्ट्रेलियाबाट फिल्मको छायांकन सुरू गर्ने तयारी गरिएको छ ।