Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६३ दिनमा सकियो ‘झिँगेदाउ २’को छायांकन, दशैंमा रिलिज हुने

फिल्मीखबर, काठमाडौं, 2026/02/12

keki adhikari

 

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिँगेदाउ २’को सम्पूर्ण छायांकन सकिएको छ । बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै ६३ दिनमा गीतसहित फिल्मको छायांकन पूरा भएको हो । चितवनभन्दा अघि काभ्रेको पनौती, काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा फिल्मको छायांकन गरिएको थियो ।

निर्देशक देउजाले पहिलो भागको सफलता र कथाको मर्मलाई मर्न नदिन कुनै सम्झौता नगरी फिल्मको छायांकन गरिएकाले दर्शकले एउटा राम्रो फिल्म हेर्न पाउने दाबी गरे । अघिल्लो भाग जस्तै ‘झिँगेदाउ २’ पनि पूर्ण रूपमा पारिवारिक र मनोरञ्जनात्मक रहेको उनको भनाइ छ । उनका अनुसार फिल्मलाई आगामी बडा दशैंमा प्रदर्शन गरिनेछ ।

कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । यसमा निर्देशक देउजा स्वयंको कथा छ ।

सुलभ देउजा र समीक्षा देउजा निर्माता रहेको यस फिल्ममा विष्णु घिमिरे (कल्पित)को छायांकन, परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेको पटकथा तथा संवाद, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेलको संगीत छ । २०७९ सालमा प्रदर्शनमा आएको यस फिल्मको पहिलो भाग बक्स अफिसमा सफल भएको थियो ।