Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब अस्ट्रेलिया र मध्यपूर्वका हलमा ‘कुमारी’

फिल्मीखबर, काठमाडौं, 2026/02/11

AUS and MIDDLE EAST RELEASE KUMARI

 

नेपालमा सकारात्मक प्रतिक्रियासहित प्रदर्शन भइरहेको लभस्टोरी फिल्म ‘कुमारी’ अब विदेशका हलमा लाग्ने भएको छ । भोलि बिहीबार (१२ फेब्रुअरी)देखि अस्ट्रेलिया र मध्यपूर्वका देशहरूमा फिल्म प्रदर्शन हुन लागेको हो । त्यहाँको बक्स अफिसमै फिल्म रिलिज हुने वितरकले जनाएका छन् । दुवै देशमा फिल्मको अग्रिम टिकट बुकिङ सुखद देखिएको छ । 

अस्ट्रेलियाको न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्यान्ड, एडिलेड, तस्मानिया र पर्थका आधा दर्जनभन्दा बढी हलमा फिल्म रिलिज हुनेछ भने मध्यपूर्वका युएई, बहराइन र कतारका सबै प्रमुख सहरहरूमा फिल्म लाग्ने जनाइएको छ । अस्ट्रेलियामा थ्री केजी इभेन्ट्स र असकास्ट नेपाल तथा मध्यपूर्वमा नेपफिल्मले फिल्म वितरण गरेका छन् ।

फिल्मका निर्माता महेन्द्र अधिकारीले अस्ट्रेलिया र मध्यपूर्वको रिलिजसँगै अन्य देशबाट पनि फिल्मको माग आइरहेको बताएका छन् । उनले अबको केही सातामा संयुक्त राज्य अमेरिका र क्यानडामा फिल्म रिलिज हुने जानकारी दिए । अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो तथा क्यानडामा मेरो इभेन्ट्समार्फत फिल्म प्रदर्शन हुनेछ ।

दिनेश राउतको निर्देशनमा बनेको यस फिल्ममा अबिषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका रहेको छ । उनीहरू दुवैको अभिनय दर्शकले रूचाएका छन् । विकास सुवेदीको लेखन तथा सुशन प्रजापतिको छायांकन रहेको फिल्मले जीवनमा ठूलो समस्या भोगिरहेकी एक युवतीको संघर्ष र प्रेमकथालाई प्रस्तुत गरेको छ । फिल्मको ‘डोको बुन्ने’ गीत अहिले चर्चामा छ ।