Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुनिल थापाको निधनपछि प्रियंका चोपडा भन्छिन्, ‘तपाईं सधैं मेरो कोच रहनुहुनेछ’

फिल्मीखबर, काठमाडौं, 2026/02/07

sunil thapa and priyanka chopra

 

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले कलाकार सुनिल थापाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । सन् २०१४ मा रिलिज भएको बायोपिक फिल्म ‘मेरी कोम’मा सुनिलसँग एकसाथ गरेकी उनले शनिबार साँझ सामाजिक सञ्जालमा फिल्मको एक दृश्य सेअर गर्दै आफूलाई मुस्किल समयमा सहयोग गरेकोमा थापालाई धन्यवाद दिएकी छन् । 

उनले लेखेकी छन्, ‘तपाईं सधैं मेरो कोच रहनुहुनेछ सर । पिताको निधनपछि तपाईंले मलाई सम्हाल्नुभयो । तपाईंले मलाई माया गर्नुभयो र कयौं मुस्किल दिनमा मलाई थाहै नदिइ पनि सहयोग गर्नुभयो । तपाईंको न्यानो अंगालो र तपाईंको हाँसो सधैं मेरो सम्झनाको हिस्सा हुनेछ । तपाईं निकै कम उमेरमा जानुभयो, तर तपाईंलाई हामी कहिल्यै बिर्सिने छैनौं ।’ 

प्रियंकाले आफू टुटेको समयमा सुनिल थापाले देखाएको दयालुपनका लागि पनि धन्यवाद व्यक्त गरेकी छन् । उनी अगाडि लेख्छिन्, ‘तपाईंको आत्मालाई शान्ति मिलोस्, सुनिल थापा । परिवार र प्रियजनहरूप्रति मेरो गहिरो समवेदना र प्रार्थना ।’ फिल्म ‘मेरी कोम’मा कलाकार थापाले प्रियंकाको बक्सिङ कोचको भूमिका निभाएका थिए ।

कलाकार थापाको शनिबार बिहान ६८ वर्षको उमेरमा कार्डियाक अरेस्टका कारण निधन भएको हो । शंखमुलस्थित आफ्नै अपार्टमेन्टमा बेहोस भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल पुर्‍याइएको थियो । त्यहीँ उनले अन्तिम सास दिए । उनको भोलि आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने जनाइएको छ । उनका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।