Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘श्री बुकुरो’को ‘ए साइँला दाई’ गीतमा छमछमी नाचे आशीर्वाद र निकिता

फिल्मीखबर, काठमाडौं, 2026/02/07

SHREE BUKURO

 

आगामी फागुन १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को पहिलो गीत ‘ए साइँला दाई’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले लोकलयमा आधारित उक्त गीत सार्वजनिक गरेको हो । झ्याउरे भाकाको प्रसंगदेखि प्रेममा रहेका जोडीले एकअर्काको तारिफ गरेको गीतमा सुन्न सकिन्छ ।  

गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने सविन सुवेदी र युक्ती विमलीले स्वर दिएका छन् । ठेट नेपाली शब्द, मौलिक भाका र लोकलयले गीतलाई मिठासपूर्ण बनाएको छ । गीतको भिडियोमा फिल्मका मुख्य जोडी आशीर्वाद क्षेत्री र निकिता आचार्यलाई देख्न सकिन्छ । उनीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका छन् ।

सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा आशीर्वाद र निकितासहित लक्ष्मी गिरी, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । रुबी सेन सिंह फिल्मकी निर्मात्री हुन् ।

पारिवारिक सम्बन्धको कथामा आधारित यस फिल्ममा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ । फिल्मका गीतमा वसन्तसँगै रञ्जीत गजमेरले संगीत दिएका छन् ।