Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘श्री बुकुरो’को पोस्टरमा झल्किएको आशीर्वाद र निकिताको प्रेम

फिल्मीखबर, काठमाडौं, 2026/02/05

Shree Bukuro

 

आगामी फागुन १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को रोमान्टिक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य जोडी आशीर्वाद क्षेत्री र निकिता आचार्यलाई केन्द्रमा राखिएको पोस्टरले उनीहरूबीचको प्रेम र घनिष्टतालाई झल्काएको छ । फिल्ममा प्रेमकथालाई विशेष रूपमा प्रस्तुत गरिएको संकेत पोस्टरले दिन्छ । 

बुधबार मात्र फिल्मको ६ मिनेटभन्दा लामो कथात्मक टिजर सार्वजनिक गरिएको थियो । गहिरो प्रेममा रहेका जोडीको परिवारले चिना हेराउँदा विवाह सम्भव नदेखिएपछि विवाद उत्पन्न भएको टिजरमा देखाइएको छ । यसले प्रेमसँगै परिवारभित्रको आन्तरिक द्वन्द्व र विवादलाई फिल्मले मुख्य कथावस्तु बनाएको स्पष्ट पार्छ ।

सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा आशीर्वाद र निकितासहित लक्ष्मी गिरी, प्रतिकराज आचार्य, राजन इशान, रोशनी कार्की, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही लगायतका कलाकारहरूको अभिनय रहेको छ । रुबी सेन सिंह फिल्मकी निर्मात्री हुन् ।

सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन छ । फिल्मका गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाले संगीत दिएका छन् ।