Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५.५ फेडर युनिटमा ‘कुमारी’ देखाउन निर्देशक राउतको आग्रह

फिल्मीखबर, काठमाडौं, 2026/02/03

dinesh raut

 

यही शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘कुमारी’को साउन्ड मिक्सिङ इमर्सिभ फर्म्याटमा गरिएको छ । मंगलबार फिल्मका निर्देशक दिनेश राउतले हलका प्राविधिकलाई पत्राचार गर्दै यसबारे जानकारी गराएका हुन् । डल्बी एट्मस, डीटीएसःएक्स र औरोम्यास प्रविधि जडान भएका हलमा फिल्म हेर्दा दर्शकले सिनेम्याटिक अनुभव गर्ने पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘फिल्मको साउन्ड मिक्सिङ तथा मास्टरिङ साउन्ड प्रोसेसर फेडर युनिट ५.५ मा गरिएको छ । यसो गर्दा फिल्मको साउन्डको डाइनामिक सुरक्षित रहनुका साथै दर्शकले उत्कृष्ट र पूर्ण सिनेम्याटिक अनुभव प्राप्त गर्नेछन् ।’ ५.५ फेडर युनिटमा फिल्मको ट्रायल शो भइसकेकाले उक्त भोल्युम युनिटभन्दा कममा फिल्म नदेखाउन पनि पत्रमार्फत आग्रह गरिएको छ ।

प्रेमकथामा आधारित यस फिल्ममा अबिषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका रहेको छ । घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ लगायतको पनि अभिनय रहेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । यसमा विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

‘डोको बुन्ने निगालो चोयाले’ गीतका कारण चर्चामा रहेको यो फिल्मको देशका ५ वटा सहरमा सांगीतिक कार्यक्रम आयोजना भइसकेको छ । माघ १० गते काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ५ हजारभन्दा बढी दर्शकको उपस्थितिमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । सांगीतिक कार्यक्रमले युवापुस्तामा फिल्मप्रति उत्साह जगाएको देखिन्छ ।