Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा’ हेर्दा भावुक बने दर्शक, सिक्वेलको माग

फिल्मीखबर, काठमाडौं, 2026/02/02

Aa Bat Aama

 

सहिद दिवसको दिन पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । शुक्रबार औसत रहेको फिल्मको व्यापार शनिबार उत्साहप्रद रह्यो । आइतबार पनि फिल्मले देशव्यापी ४० प्रतिशतमाथि अकुपेन्सी हासिल गरेको थियो । बलियो ‘वर्ड अफ माउथ’ले सोमबार (आज) अकुपेन्सी दर थप वृद्धि भएको देखिन्छ ।

फिल्मले व्यापारसँगै दर्शकबाट प्रतिक्रिया पनि उत्साहजनक पाएको छ । फिल्म हेर्ने अधिकांश दर्शक गहभरि आँसुसहित हलबाट निस्किएका छन् । धेरैले फिल्म हेर्दा आफ्नो आमा सम्झिएको प्रतिक्रिया दिएका छन् । कथादेखि कलाकारहरूको अभिनयको उत्तिकै प्रशंसा भइरहेको छ । कतिपयले फिल्मको सिक्वेलको समेत माग गरेका छन् । 

दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहँदा फिल्मका निर्देशकदेखि कलाकारसम्म उत्साहित देखिएका छन् । प्रदर्शनको दिनदेखि हल भ्रमणमा रहेका अभिनेता पल शाहले फिल्मको कथालाई दर्शकले आफ्नो सम्झिएकोमा खुसी व्यक्त गरे । उनले ‘आ बाट आमा’मा कृष्ण पात्रको भूमिका नखेलेको भए आफूलाई जीवनभर पछुतो हुने समेत प्रतिक्रिया दिएका छन् ।

द्वन्द्व निर्देशकको रूपमा परिचित चन्द्र पन्तको निर्देशनमा बनेको यस फिल्ममा पलसहित विपना थापा, प्रदीप रावत (गजनी भिलेन), उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, रचना गौतम लगायतका कलाकारहरूको अभिनय रहेको छ । आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर यो फिल्मले वैदेशिक रोजगारी र त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको छ ।