Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युवासँग ‘कुमारी’को छलफल : ‘फिल्मले संस्कृति र मौलिकता देखाउनुपर्छ’

फिल्मीखबर, काठमाडौं, 2026/01/30

kumari (1)

 

प्रणय दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कुमारी’को टिमले युवासँग फिल्म, संगीत र मिडियाको विषयमा रचनात्मक छलफल गरेको छ । बिहीबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा फिल्मको टिमसँगै विभिन्न क्याम्पसका विद्यार्थी र युवाहरूसहित ५ सयभन्दा बढी सहभागी थिए ।

कार्यक्रममा ३० जना युवाले आफ्ना विचार व्यक्त गर्दै ‘कुमारी’का निर्देशक दिनेश राउतका अघिल्ला फिल्महरूको प्रशंसा गरेका थिए । फिल्म जीवन बुझ्ने माध्यम भएको बताउँदै उनीहरूले फिल्म र संगीतले नेपाली संस्कृति र मौलिकता देखाउनुपर्नेमा जोड दिए । नेपाली फिल्मले युवाको अपेक्षा गर्न नसकेकाले विदेशी फिल्मतर्फ आकर्षित हुनुपरेको समेत उनीहरूको गुनासो थियो ।

संगीततर्फ युवाहरूको अपेक्षा पनि स्पष्ट थियो- ‘गीतमा हिरो-हिरोइनको लुक्सभन्दा पनि भावना चाहिन्छ । संगीत मनोरञ्जनका लागि मात्र होइन, जीवनसँग जोडिन सक्नुपर्छ ।’ ‘कुमारी’को गीत ‘डोको बुन्ने’ले मौलिक ‘एसेन्स’ बोकेको भन्दै युवाहरूले प्रशंसा गरेका थिए । साथै, उनीहरूले मिडियाले तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्नेमा पनि जोड दिए । 

 

kumari (1)


‘कुमारी’का मुख्य अभिनेता अबिशेक खड्काले आफू पनि पश्चिमी फिल्मबाट प्रभावित भएको बताउँदै पछिल्लो समय नेपाली फिल्ममा प्रगति भइरहेको बताए । उनले आफ्नो फिल्म ‘कुमारी’ युवापुस्ताले अपेक्षा गरेजस्तो भएको भन्दै दर्शकलाई हेर्न आग्रह गरे । उनका अनुसार फिल्ममा प्रेमको विषयसँगै युवापुस्ताको भावना पनि समेटिएको छ । 

उक्त कार्यक्रममा फिल्मका निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता महेन्द्र अधिकारी, पार्श्व गायक केहर सिंह, सञ्चारकर्मी नरेश भट्टराई, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा मदन पुरस्कार विजेता लेखक अमर न्यौपाने लगायतको पनि उपस्थिति रहेको थियो । उनीहरूले फिल्म र संगीतले युवापुस्तालाई निराश बनाउन नहुने धारणा व्यक्त गरेका थिए ।