Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कैलाश खेरले गाए ‘शिवांश’को ‘शिव ताण्डव’ गीत

फिल्मीखबर, काठमाडौं, 2026/01/29

kailash kher

 

भारतीय गायक कैलाश खेरले नेपाली फिल्म ‘शिवांश’का लागि गीत गाएका छन् । महाशिवरात्रिको छेको पारेर फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको यस फिल्मको ‘शिव ताण्डव’ बोलको गीतमा उनले स्वर दिएका हुन् । एक भिडियो सन्देशमार्फत उनले यसबारे जानकारी गराएका छन् । सम्भवतः उनले नेपाली फिल्मका लागि गाएको यो पहिलो गीत हो ।

ओजपूर्ण आवाजका लागि परिचित गायक खेरले भिडियो सन्देशमा ‘शिवांश’लाई भारत र नेपालको मैत्री सम्बन्धको प्रतीकको रूपमा चित्रण गरेका छन् । उनले भनेका छन्, ‘यसपटक केही विशेष छ । भारत-नेपाल मैत्री सम्बन्धको सौजन्यबाट हामीले एउटा अत्यन्तै प्यारो ‘ताण्डव स्तोत्रम्’ तयार पारेका छौं, जुन मैले गाउने अवसर पाएको छु ।’

 

Shivansh Chapter 1


कैलाशको स्वरमा गीत रेकर्ड भएसँगै निर्माण पक्षले बिहीबार फिल्मको एक आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका मुख्य कलाकारहरू प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने, विमला लिम्बू र विकाश जोशी तनावपूर्ण अवस्थामा देखिएका छन् । पोस्टरले धार्मिक र आध्यात्मिक विषयवस्तुमा फिल्म आधारित रहेको संकेत गर्छ । 

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस फिल्मका निर्देशक सन्तोष कुमार आत्रेय हुन् । अञ्जान केसी निर्माता रहेको फिल्ममा प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ । फिल्ममा सरद महतोको डीओपी, बारत लिम्बूको पटकथा तथा न्ह्यू बज्राचार्य र राजनराज सिवाकोटीको संगीत छ ।