Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखराबाट ‘आ बाट आमा’ले सुरू गर्‍यो सांगीतिक यात्रा

फिल्मीखबर, काठमाडौं, 2026/01/27

paul shah

 

कलाकारहरूको रोचक लाइनअपका कारण चर्चामा रहेको फिल्म ‘आ बाट आमा’ माघ १६ गतेबाट प्रदर्शनमा आउँदैछ । गीतदेखि ट्रेलरले दर्शकमा उत्साह बढाइरहेका बेला निर्माण पक्षले प्रचारलाई अझ प्रभावकारी बनाउन सांगीतिक यात्रा सुरू गरेको छ । यसको सुरूवात पोखराबाट गरिएको छ । मंगलबार साँझ ५ बजेदेखि पोखराको लेकसाइडमा फिल्मको कन्सर्ट भइरहेको छ । 

पोखरापछि बुधबार (भोलि) चितवन र माघ १५ गते (बिहीबार) काठमाडौंको गोंगबुस्थित सिटी स्क्वायर मलमा सांगीतिक कार्यक्रम राखिएको छ । तीनवटै सहरका कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू विपना थापा, प्रदीप रावत (गजनी भिलेन), पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तसहित गायक करण परियारले विशेष प्रस्तुत दिनेछन् । 

आमा र छोराको भावनात्मक सम्बन्धको कथामा आधारित यो फिल्मले केन्दीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । योसँगै फिल्मलाई अब सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् । उक्त सर्टिफिकेटले फिल्म पूर्ण पारिवारिक रहेको प्रस्ट पार्छ । फिल्मको रनटाइम २ घन्टा ४० मिनेट तय गरिएको छ । 

चन्द्र पन्तको निर्देशनमा बनेको यस फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत, अभिमन्यू निरवी, अमर न्यौपाने, र चन्द्र पन्तको संवाद, नवराज उप्रेतीको छायांकन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माताको रूपमा छन् ।