Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मायाको गाउँ’को मर्मस्पर्शी गीत ‘सबले भन्छन्’ सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2026/01/26

Mayako Gaun

 

प्रेमकथामा आधारित फिल्म ‘मायाको गाउँ’मा समावेश ‘सबले भन्छन्’ बोलको मर्मस्पर्शी गीत सार्वजनिक गरिएको छ । प्रोसेस पाण्डेको स्वर, अनिल खनालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतले प्रेममा धोका पाएको पात्रको पीडालाई व्यक्त गरेको छ । प्रोसेस ‘द भ्वाइस अफ नेपाल सिजन ६’का विजेता हुन् ।

राजु गिरीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका कलाकारहरू त्रिविक्रम सिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली र विनयराज पौडेल देखिएका छन् । भिडियोले त्रिकोणात्मक प्रेमकथामा फिल्म आधारित रहेको प्रस्ट पार्छ । 

कमला पराजुलीले निर्माण गरेको यस फिल्ममा शीतल केसी, सरू कार्की, रमेश अधिकारी, माधवा खनाल, लक्ष्मीनाथ तिमल्सिना, किमजोङ बोस, अम्बिका थापा, हरिबहादुर घर्ती मगर, रितिका मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्मको निर्देशन कमला फिल्म्सको टिमले गरेको हो । 

रामेश्वर हुमागाईंको छायांकन रहेको फिल्मको सम्पादन श्याम रानाले गरेका हुन् । विनोद बमको पब्लिसिटी डिजाइन तथा पेन सिजर्स एण्ड रेन्डर्सका गौतमराज खड्काले कलर ग्रेडिङ गरेको फिल्मका मुख्य सहायक निर्देशक सुचेन्द्र परियार हुन् । निर्माण पक्षले फिल्मलाई २०८३ सालको सुरूवातमा प्रदर्शन गर्ने योजना बनाएको छ ।