Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गलवान’को ‘मातृभूमि’ गीतमा सलमानसँग देखिए अनुप

फिल्मीखबर, काठमाडौं, 2026/01/24

Salman Khan and anoop bikram shahi

 

अभिनेता अनुप विक्रम शाहीले फिल्म ‘ब्याटल अफ गलवान’बाट बलिउडमा डेब्यु गर्न लागेको खबर बाहिरिएपछि उनको भूमिकाबारे धेरैमा चासो बढेको थियो । कतिपयले अभिनेता सलमान खानको पछाडि देखिने भूमिकामा हुनसक्ने भन्दै खिसिटिउरी समेत गरेका थिए । तर, शनिबार सार्वजनिक फिल्मको ‘मातृभूमि’ गीतले उनी प्रभावशाली भूमिकामा रहेको स्पष्ट पारेको छ । 

अरिजीत सिंह, श्रेया घोषाल र मणि धर्मकोटको आवाजमा रहेको उक्त गीतको भिडियोमा अनुपलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । चिनियाँ सेनाको भूमिकामा रहेका उनी एक दृश्यमा सलमानसँग आमनेसामने भएको देखिन्छ । उक्त दृश्यमा अनुप हात जोडेर निहुँरिएका छन् भने सलमानले नमस्कार गरेका छन् । यो फिल्मको महत्त्वपूर्ण दृश्य हुनसक्ने देखिन्छ ।

सन् २०२० मा भारतको पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपको कथावस्तुमा आधारित यो फिल्ममा अनुपको सलमानसँग १३ मिनेट लामो एक्सन सिन रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनले लद्दाख र मुम्बईमा गरी करिब २५ दिन फिल्मको छायांकन गरेका थिए । उनलाई फिल्मका लागि सलमानले नै रोजेको बताइन्छ । 

आगामी १७ अप्रिल (४ बैशाख)मा रिलिज हुन लागेको ‘ब्याटल अफ गलवान’मा सलमानले भारतीय सेनाका कर्नेल सन्तोष बाबुको भूमिका निभाएका छन् । यो सन्तोषको बायोपिक फिल्म हो । अपूर्व लाखियाको निर्देशनमा बनेको फिल्ममा सलमान र अनुपसँगै चित्रांगदा सिंहको पनि मुख्य भूमिका छ । स्व. गायक प्रशान्त तामाङले पनि फिल्ममा अभिनय गरेका छन् ।