Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरोजको ‘सिन्दुरे जात्रा’मा विजय र अञ्जनाको जोडी

फिल्मीखबर, काठमाडौं, 2026/01/23

saroj-anjan-bijya

 

निर्माणको तयारीमा रहेको फिल्म ‘सिन्दुरे जात्रा’मा कीर्तिमान रचेका निर्देशकदेखि कलाकारसम्मको गठजोड हुने भएको छ । यो फिल्मलाई सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले निर्देशन गर्दैछन् भने सोही फिल्मका मुख्य जोडी विजय बराल र अञ्जना बराइलीको अभिनय रहने भएको छ । उनीहरू दुवै शुक्रबार फिल्ममा अनुबन्ध भएका हुन् ।

निर्देशक पौडेलले विजय र अञ्जनालाई फिल्मको कथाले नै मागेको बताएका छन् । उनले भने, ‘हामीले बजारले रुचाएका कलाकार भनेर विजय र अञ्जनालाई फिल्ममा लिएका होइनौँ । कथाले नै उहाँहरूलाई मागेको हो । फिल्मका अन्य भूमिकाका लागि पनि कथा सुहाउँदो र चरित्रलाई न्याय गर्न सक्ने कलाकार मात्र चयन गर्नेछौँ ।’

सविन अधिकारी र वसन्त न्यौपानेको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा कथा निर्देशक पौडेल स्वयंको हो । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्मको देशव्यापी वितरण आरआर फिल्म्सले गर्नेछ । छायांकनमा जानुभन्दा अघि नै प्रदर्शन मिति घोषणा गर्ने तयारीमा रहेको निर्माण पक्षले अहिलेसम्म फिल्मको कथावस्तुबारे जानकारी गराएको छैन ।

निर्देशक पौडेलले ‘सिन्दुरे जात्रा’को स्क्रिप्ट नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता समेत गरिसकेका छन् । आफ्नो अघिल्लो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ रिलिजको बेला कथालाई लिएर ठूलो विवाद भएपछि उनले यसपटक विशेष सावधानी अपनाएको देखिन्छ । केही लेखकले उक्त फिल्ममाथि कथा चोरीको आरोप लगाएका थिए ।