Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘कल्ली’मा पूजाको आइटम डान्स

फिल्मीखबर, काठमाडौं, 2026/01/23

pooja sharma  (2)

 

आगामी फागुन १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कल्ली’मा अभिनेत्री पूजा शर्माले आइटम डान्स गरेकी छन् । उनले फिल्ममा आइटम डान्स गरेको यो पहिलो पटक हो । यसै साता काठमाडौँको चोभारमा दुई दिन छायांकन भएको फिल्मको ‘क्या राम्री’ बोलको गीतमा आशिष अविरलको संगीत र मेलिना राईको स्वर रहेको छ । रामजी लामिछानेले गीतको कोरियोग्राफी गरेका हुन् ।

गीतमा पूजासँगै उत्तम प्रधान, किरण श्रेष्ठ र सुलक्षण भारतीले पनि नृत्य गरेका छन् । अर्थात् दर्शकले उत्तम र पूजालाई गीतमा एकसाथ देख्न पाउनेछ । यो गीत खिचिएसँगै फिल्मको सम्पूर्ण छायांकन पूरा भएको छ । गीतसहित ६० दिनमा फिल्मको छायांकन सकिएको निर्माता किरण नेपालीले जानकारी दिए । यसअघि जुम्ला जिल्लामा फिल्मको छायांकन गरिएको थियो । 

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, गीता अधिकारी लगायतको अभिनय रहेको छ । बाल कलाकारहरूमा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा छन् । 

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुनारको कथा, महेश दवाडीको पटकथा तथा संवाद, निसाल पौडेलको डीओपी, मिलन श्रेष्ठको सम्पादन, आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत तथा एनवी महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मले मान्छेभित्रको देउता र राक्षसीपनको कथा भन्नेछ ।