Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘श्री बुकुरो’को गीत ‘घर मेरो सानो बुकुरो’ रिलिज

फिल्मीखबर, काठमाडौं, 2026/01/23

Laxmi Giri And Ashirwad B Chhetri

 

आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘श्री बुकुरो’को पहिलो गीत ‘घर मेरो सानो बुकुरो’ सार्वजनिक गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक यस गीतमा निर्देशक सुदीप भुपाल सिंहको शब्द, रञ्जित गजमेरको संगीत र शिव परियारको स्वर रहेको छ । गीतमा घरको मायादेखि रोजगारीका लागि विदेशिनुपर्ने नेपालीको बाध्यतालाई समेटिएको छ ।

पाँच मिनेट लामो गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता आशीर्वाद क्षेत्री र अभिनेत्री लक्ष्मी गिरी देखिएका छन् । भिडियो हेर्दा उनीहरू आमा-छोरा जस्ता देखिन्छन् । बाइकमा सवार भएर उनीहरू कहीँ टाढाको हिमाली यात्रामा निस्किएका छन् । निर्देशक सिंहका अनुसार यो गीतले फिल्मको कथाको भाव प्रस्तुत गरेको छ ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यस फिल्ममा आशीर्वाद र लक्ष्मीसहित निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही लगायतको अभिनय रहेको छ । यसमा निर्देशक सिंह स्वयंको लेखन छ भने निर्माता रुबी सेन सिंह हुन् ।

सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन छ । फिल्मका गीतमा रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीले संगीत दिएका छन् ।