Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूर्णबहादुरको सारङ्गी’का निर्माताको ‘रोल नं. १’ जेठ १५ मा आउने

फिल्मीखबर, काठमाडौं, 2026/01/23

roll no 1

 

सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको नयाँ फिल्म ‘रोल नं. १’ गणतन्त्र दिवसको दिन पारेर आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माण पक्षले सरस्वती पूजा (वसन्त पञ्चमी)को अवसरमा फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो । उक्त मितिमा अर्को फिल्म ‘मितज्यू’ पनि प्रदर्शन हुँदैछ ।

प्रदर्शन मिति घोषणा गर्नुअघि फिल्मका निर्मातादेखि कलाकारसम्मले काठमाडौँको सतुङ्गलस्थित पाथिक ज्ञ्यान निकेतनमा विद्याकी देवी सरस्वतीको पूजा गरेका थिए । सोही स्कुलमा फिल्मका मुख्य बाल कलाकारहरूले अध्ययन गर्दै आइरहेका छन् । उनीहरूकै उपस्थितिमा निर्माण पक्षले फिल्मको प्रदर्शन मितिबारे जानकारी गराएको हो । 

हिमाली जिल्ला म्याग्दीका विभिन्न भेगहरूमा छायांकन गरिएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् भने बाल कलाकारहरूमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । जोन योञ्जनको निर्देशनमा तयार भएको यो फिल्म बाल मनोविज्ञानमा आधारित छ । यसका लेखक महेश दवाडी हुन् ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं हुन् । फिल्ममा शिवराम श्रेष्ठको डीओपी, प्रशान्त सिवाकोटीको संगीत तथा मदन घिमिरेको सम्पादन रहेको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले देशभर वितरण गर्नेछ ।