Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा लाग्यो ‘परिवर्तन’, सुशीलको स्टारडमको परीक्षा

फिल्मीखबर, काठमाडौं, 2026/01/23

Sushil Shrestha & Anjana Baraili

 

वसन्त पञ्चमी (सरस्वती पूजा)को अवसर पारेर शुक्रबारबाट फिल्म ‘परिवर्तन’ हलमा लागेको छ । देशव्यापी करिब १५० शोसहित प्रदर्शनमा आएको यो फिल्मका टिजर र ट्रेलरले दर्शकमा उत्साह बढाएकाले व्यापारिक नतिजा सुखद आउने अपेक्षा गरिएको छ । तर, यस फिल्मलाई बक्स अफिसमा भारतीय फिल्म ‘बोर्डर २’ ठूलो चुनौती बन्न सक्ने देखिन्छ । 

एक्सन-लभस्टोरी कथामा निर्माण भएको ‘परिवर्तन’ अभिनेता सुशील श्रेष्ठको करिअरकै लागि महत्त्वपूर्ण मानिएको छ । किनकि, विगत ८ वर्षयता उनले एउटा पनि हिट फिल्म दिन सकेका छैनन् । यसैले यो फिल्म व्यावसायिक रुपमा सफल हुनैपर्ने दबाब उनीमाथि छ । तसर्थ ‘परिवर्तन’ उनको स्टारडमको परीक्षा पनि हो । यसमा उनी एक्सन अवतारमा प्रस्तुत भएका छन् ।

विजय केरुङको निर्देशनमा बनेको यस फिल्ममा सुशीलसहित करिश्मा मानन्धर, अञ्जना बराइली, सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, पुकार भट्टराई, यामनाथ खरेल, सिरु विष्ट, आशा पौडेल लगायतको अभिनय रहेको छ । फिल्मलाई दीपक सिवाकोटीले निर्माण गरेका हुन् । यसमा उनी स्वयंको कथा छ भने शिवम् अधिकारीले पटकथा तथा संवाद लेखेका हुन् ।

दक्षिण भारतीय फिल्ममा साउन्ड डिपार्टमेन्टमा काम गर्दै आएकी एम. गीता गुरप्पा साउन्ड डिजाइनर रहेको यस फिल्ममा शिव ढकालको डिओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन तथा एसडी योगीको संगीत छ । फिल्मले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई कथाको केन्द्रमा राखेको छ ।