Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

११ करोड कमाएको ‘ऊनको स्वीटर’ युट्युबमा रिलिज

फिल्मीखबर, काठमाडौं, 2026/01/22

Unko Sweater

 

यस वर्षको पहिलो सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ डिजिटल प्लेटफर्म युट्युबमा रिलिज भएको छ । निर्माण कम्पनी आर्टमाण्डुले बिहीबार आफ्नै युट्युब च्यानलमार्फत दर्शकलाई निःशुल्क फिल्म उपलब्ध गराएको हो । समय र स्थानका कारण हलमा हेर्न नपाएको गुनासो धेरै आएपछि फिल्मलाई युट्युबमा रिलिज गरिएको आर्टमाण्डुले जनाएको छ ।

नेपाल र भारतका हलमा यो फिल्मले प्रदर्शनको ५१ दिन पूरा गरेको थियो । यस अवधिमा फिल्मले नेपालमा ११ करोड ४१ लाख रुपैयाँ ग्रस व्यापार गर्‍यो भने भारतमा डेढ करोड भारु (२ करोड ४० लाख नेरु) कमाएको निर्माताको दाबी छ । अन्तरजातीय प्रेमकथामा आधारित यस फिल्मका ‘फूल’, ‘चाइनेजो जिन्दगानीमा’, ‘काफ्ले’ र ‘मखमली’ गीत दर्शकमाझ लोकप्रिय छन् ।

नवीन चौहानको निर्देशनमा बनेको फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमु, भावना खपाङ्गी, विल्सन विक्रम राई (तक्मे बुढा), सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा लगायतको अभिनय रहेको छ । चिन्तनराज भण्डारीको छायांकन रहेको फिल्मका गीतहरूमा सुजन चापागाईंले संगीत दिएका छन् ।