Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुशील र अञ्जनाको ‘परिवर्तन’ले कति पायो शो ?

फिल्मीखबर, काठमाडौं, 2026/01/22

Pariwartan

 

एक्सनप्रधान फिल्म ‘परिवर्तन’ भोलि शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । टिजर र ट्रेलरले दर्शकमा फिल्मप्रति उत्साह बढाएकाले त्यसको प्रभाव व्यापारमा देखिने अपेक्षा गरिएको छ । तर, यो फिल्मको बक्स अफिसमा बलिउड फिल्म ‘बोर्डर २’सँग प्रतिस्पर्धा हुन लागेकाले ठूलो चुनौती पनि देखिएको छ । यसलाई चिर्न फिल्मलाई बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ ।

‘परिवर्तन’लाई देशभरका अधिकांश मल्टीप्लेक्सले शो उपलब्ध गराइसकेका छन् । फिल्मले पहिलो दिनका लागि देशव्यापी करिब ९० शो पाएको छ, जुन सन्तोषजनक नै हो । उपलब्ध शोहरूमा ३०-४० प्रतिशत मात्रै पनि अकुपेन्सी हासिल हुन सकेमा फिल्मको ओपनिङ उत्साहप्रद हुनेछ । तर, अहिलेसम्म फिल्मको अग्रिम टिकट बुकिङ अपेक्षित देखिएको छैन ।

२ घन्टा १३ मिनेट रनटाइम तय भएको यो फिल्मले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘पिजी सर्टिफिकेट’ (प्यारेन्टल गाइडेन्स) प्राप्त गरेको छ । अर्थात् १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा मात्र फिल्म हेर्न पाउनेछन् । फिल्ममा लडाइँ र हिंसात्मक दृश्य अत्याधिक भएकाले बोर्डले पिजी प्रमाणपत्र दिएको जनाइएको छ ।

विजय केरुङको निर्देशनमा बनेको यस फिल्ममा सुशील श्रेष्ठ, करिश्मा मानन्धर, अञ्जना बराइली, सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, पुकार भट्टराई, आशा पौडेल, आयुषा कार्की, सिरु विष्ट लगायतको अभिनय रहेको छ । फिल्मलाई दीपक सिवाकोटीले निर्माण गरेका हुन् । यसमा उनी स्वयंको कथा छ भने शिवम् अधिकारीले पटकथा तथा संवाद लेखेका हुन् ।