Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बालेनको पक्षमा सेलिब्रेटी : ‘पाँडे’ मैदानमा खटिँदै, वर्षा गीत गाएर भोट माग्दै

फिल्मीखबर, काठमाडौं, 2026/01/22

balen shah

 

देश यतिबेला चुनावमय बनेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया सकिएसँगै सहरदेखि गाउँसम्म चुनावलाई लिएर चर्चा र बहस भइरहेको छ । यसैक्रममा सबैभन्दा बढी चासो र चर्चाको क्षेत्र झापा-५ बनेको छ । कारण, यस क्षेत्रमा दुई चर्चित अनुहार केपी शर्मा ओली र बालेन शाहबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

सामाजिक सञ्जाल हेर्ने हो भने सर्वाधिक समर्थन बालेनको पक्षमा देखिएको छ । सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले उनलाई समर्थन गरेका छन् । अभिनेत्री स्वस्तिमा खड्का खुलेरै बालेनको पक्षमा उभिएकी छन्, जुन उनको फेसबुक पोस्टहरूले देखाउँछ । अर्की अभिनेत्री वर्षा राउतले केही दिनअघि ‘घन्टी बज्यो घन्टी बज्यो’ बोलको गीत गाउँदै रास्वपा र बालेनप्रति समर्थन जनाएकी थिइन् ।

अब बालेनको पक्षमा प्रियंका कार्की पनि उभिएकी छन् । उनले बिहीबार फेसबुकमा एक पोस्ट लेख्दै सन्तानको भविष्य र देश परिवर्तनका लागि बालेन शाहले जित्नुपर्ने बताएकी छन् । प्रियंकाले लेखेकी छन्, ‘यो पटक बालेन शाहले जित्नुपर्छ । क्रेज र लोकप्रियताका कारण मात्रै होइन, उहाँले पूरै देशलाई परिवर्तन सम्भव छ भन्ने विश्वास दिलाउनुभएको छ ।’

बालेनलाई जिताउन केही कलाकारहरू मैदानमा समेत खटिएका छन् । चर्चित हास्य कलाकार तथा फिल्म निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ बालेनको रक्षाकवज बनेर भोट मागिरहेका छन् । निर्देशक निश्चल बस्नेतले पनि झापा-५ का स्थानीयहरूसँग भेटेर बालेनको पक्षमा माहोल बनाइरहेका छन् । बालेन र रवि लामिछानेलाई मिलाउन पनि उनले ठूलो भूमिका खेलेका थिए । 

अभिनेत्री तथा निर्मात्री ऋचा शर्मा पनि बालेनको पक्षमा खुल्न थालेकी छन् । उनले मंगलबार झापामा बालेनले उम्मेदवारी दर्ता गराउन जाँदा देखिएको भीडको तस्वीर फेसबुकमा सेअर गर्दै झापाली जनतालाई शुभकामना दिएकी थिइन् । केकी अधिकारी, आसिफ शाह, रीमा विश्वकर्मा लगायतका कलाकारहरूले पनि बालेनलाई समर्थन गरेका छन् ।