Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माओत्से गुरुङले ३३ दिनमा सकाए ‘पेन्सन पट्टा’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2026/01/21

Pension Patta Team

 

अभिनेता माओत्से गुरुङको निर्देशनमा बनेको फिल्म ‘पेन्सन पट्टा’को सम्पूर्ण छायांकन सकिएको छ । मंगलबार कास्कीस्थित एक रिसोर्टमा फिल्मको अन्तिम दृश्य खिचियो । पुष ३ गतेबाट सुरू भएको फिल्मको छायांकन ३३ दिनमा पूरा भएको हो । अब पोस्ट प्रोडक्सन काम सुरू गरेर केही सातामा प्रदर्शन मिति तय गर्ने तयारीमा निर्माण पक्ष छ ।

निर्देशक गुरुङले कुनै सम्झौता नगरी फिल्म बनाएको बताएका छन् । उनले भने, ‘दर्शकलाई एउटा सुन्दर फिल्म देखाउन ‘पेन्सन पट्टा’ बनाएका हौं । फिल्मलाई उत्कृष्ट बनाउन हामीले केही चिजमा सम्झौता गरेका छैनौं । यसैले फिल्म स्क्रिप्ट अनुसार नै बनेको छ ।’ उनका अनुसार फिल्मले लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउनेछ । 

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा दयाहाङ राई केन्द्रीय भूमिकामा छन् । ‘दयारानी’पछि उनले माओत्सेको निर्देशनमा दोस्रो पटक काम गरेका हुन् । उनीसहित फिल्ममा सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा,  लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ लगायतको पनि अभिनय रहेको छ ।

मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (यूके) र सपना गुरुङको संयुक्त लगानी रहेको फिल्मका प्रोडक्सन म्यानेजर डिबी गुरुङ र कास्टिङ डिरेक्टर सुरज तमु हुन् । सुशन प्रजापतिको छायांकन रहेको फिल्मका गीतमा झुमा लिम्बू, मनोज थापा मगर र शिव बराइलीले संगीत दिएका छन् । आरआर फिल्म्सले फिल्म वितरणको जिम्मा लिएको छ ।