Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल शाह स्टारर ‘आ बाट आमा’को ट्रेलरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2026/01/21

Bipana Thapa, Pradeep, Paul

 

चन्द्र पन्तको दोस्रो निर्देशकीय फिल्म ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले झन्डै चार मिनेट लामो मर्मस्पर्शी ट्रेलर दर्शकमाझ ल्याएको हो । आमा र छोराको सम्बन्धलाई केन्द्रमा राखिएको ट्रेलरले हिन्दू धार्मिक ग्रन्थहरूका पात्र र घटनाक्रमबाट फिल्मको कथा प्रभावित रहेको संकेत दिन्छ । 

ट्रेलर अनुसार पल शाह कृष्ण पात्रको भूमिकामा छन् । बासुदेव र देवकीको भूमिका प्रदीप रावत र विपिना थापाले निभाएका छन् । उषा उप्रेती राधा बनेकी छन् भने साइग्रेस पोखरेल राम पात्रको भूमिकामा देखिएका छन् । सन्तान मोह, वैदेशिक रोजगारी, पारिवारिक वियोग र त्रिकोणात्मक प्रेमकथाजस्ता विषयलाई समेटिएको ट्रेलरले दर्शकलाई भावनात्मक अनुभव गराउँछ । 

निर्देशक पन्त स्वयंको कथा तथा पटकथा लेखन रहेको फिल्ममा सिम्रन पन्त, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, रचना गौतम, बेगम नेपाली (भटभटे माइला) लगायतको पनि अभिनय देख्न सकिनेछ । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्मातामा छन् ।

शहीद दिवसको विदा पारेर माघ १६ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्ममा साहित्यकार अमर न्यौपाने, अभिमन्यु निरवी र निर्देशक पन्तको संवाद लेखन, नवराज उप्रेतीको डिओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, कोशिश क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत तथा गम्भीर विष्ट र दीलिप उखेडाको कोरियोग्राफी रहेको छ ।