Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आक्रामक प्रचारमा ‘कुमारी’ : अब काठमाडौंमा खुला कन्सर्ट गरिँदै

फिल्मीखबर, काठमाडौं, 2026/01/21

Kathmandu Concert

 

प्रणय दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शन हुन लागेको लभस्टोरी फिल्म ‘कुमारी’ले प्रचार अभियान तीव्र बनाएको छ । यतिबेला देशव्यापी सांगीतिक यात्रामा रहेको फिल्मको टिमले यही शनिबार (माघ १० गते) संघीय राजधानी काठमाडौंमा खुला कन्सर्ट आयोजना गर्दैछ । सो कार्यक्रम भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुने जनाइएको छ ।

फिल्मको काठमाडौं कन्सर्ट दुईवटा कारणले विशेष बन्नेछ । त्यस कार्यक्रममा गायक केहर सिंह लिम्बूले आफ्नो ब्यान्ड ‘केहर एन्ड द लुङा’को साथमा सांगीतिक प्रस्तुति दिनेछन् भने सोही अवसरमा फिल्मको ट्रेलर पनि सार्वजनिक गरिनेछ । साँझको ५ बजे सुरू हुने कन्सर्टमा प्रवेश निःशुल्क राखिएको छ । कार्यक्रममा १० हजारभन्दा बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ । 

माघ १ गते नेपालगन्जबाट सुरू भएको फिल्मको सांगीतिक यात्रा माघ ३ गते पोखराको हल्लनचोक र माघ ६ गते चितवनको नारायणी तिरमा सम्पन्न भइसकेको छ । पोखराको कार्यक्रममा करिब ७ हजार दर्शक उपस्थित भएका थिए । काठमाडौंपछि झापाको दमकमा कन्सर्ट आयोजना गरिँदैछ । त्यहाँ माघ १७ गते कार्यक्रम राखिएको छ ।

बिनिश इन्टरटेन्मेन्ट, पिक्चर फ्रेम र केन्द्र मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको यस फिल्ममा अबिषेक खड्का, आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने लगायतको अभिनय रहेको छ । महेन्द्र अधिकारीको लगानीमा बनेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।