Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतमा ‘द राजा साब’को हरिविजोग, लाखमा झर्‍यो व्यापार

फिल्मीखबर, काठमाडौं, 2026/01/20

The Raja Saab-Is Maruthi creating too much hype?

 

तेलुगु सुपरस्टार प्रभासका लागि २०२६ को सुरूवात नै निराशाजनक बनेको छ । ९ जनवरी (२५ पुष)मा रिलिज भएको उनको काल्पनिक हरर कमेडी फिल्म ‘द राजा साब’ भारतीय बक्स अफिसमा नराम्रोसँग पछारिएको छ । ४ सय करोड भारूमा निर्माण भएको यो फिल्मले अहिलेसम्म कुल बजेटको आधा पनि कमाइ गर्न सकेको छैन ।

भारतीय ट्रेड एनालिस्ट पोर्टल सैक्निल्कका अनुसार फिल्मले ११ दिनमा भारतमा १ सय ४० करोडको नेट व्यापार गरेको छ । यसमा हिन्दीसहित तेलुगु, तमिल, कन्नड र मलयालम भर्सनको कमाइ जोडिएको छ । दोस्रो सातादेखि फिल्मले सबै भाषामा दैनिक २ करोड पनि कमाउन सकेको छैन । सोमबार हिन्दी भर्सनले मात्र ७७ लाखको कमाइ गर्‍यो ।

‘द राजा साब’ले अब भारतीय बजारबाटै लगानी उठाउने सम्भावना देखिँदैन । तर, यसका निर्मातालाई ठूलो घाटा पनि नहुने देखिन्छ । किनकि, फिल्मले ओभरसिज मार्केटमा ३३ करोडभन्दा बढी कमाइ गरिसकेको छ । र, फिल्मको डिजिटल राइट्स जियो हटस्टारले १६० करोड भारूमा खरिद गरेको छ । यसरी हेर्दा फिल्मका निर्मातालाई बढीमा ५० करोड घाटा हुने देखिन्छ ।

भारतमा ५३ करोडको सुखद ओपनिङ गरेको फिल्मले दोस्रो दिन तेलुगु भर्सनमा मात्रै ४७ करोड कमाएको थियो । तर, दर्शकबाट नकारात्मक प्रतिक्रिया आउन थालेसँगै तेस्रो दिनदेखि फिल्मको कमाइमा भारी गिरावट देखियो । अन्ततः ‘द राजा साब’ २०२६ को ठूलो ‘डिजास्टर’ बनेको छ । समीक्षकहरूले फिल्मको कथा र हरर–कमेडी पक्ष कमजोर भएको टिप्पणी गरेका छन् ।