Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माघ ९ बाट हटेको ‘बिगुल’ अब फागुन १ मा आउने

फिल्मीखबर, काठमाडौं, 2026/01/19

bigul

 

अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘बिगुल’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यसअघि माघ ९ गते प्रदर्शन हुने भनिएको यो फिल्म अब महाशिवरात्रिको छेको पारेर फागुन १ गतेबाट हलमा लाग्नेछ । यो मितिमा फिल्मले सोलो रिलिज भने पाउने छैनन् । यसअघि नै चार फिल्म ‘लालीबजार’, ‘कल्ली’, ‘शिवांश’ र ‘श्री बुकुरो’ले उक्त मिति रोजिसकेका छन् ।

रमेश कोइरालाको निर्देशनमा बनेको यस फिल्ममा बेनिशासहित रमेश बुढाथोकी, नरेन खड्का, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने लगायतको अभिनय रहेको छ । दिनेश कोइराला फिल्मका निर्माता हुन् । उनी स्वयंको कथा रहेको फिल्ममा कल्पना पौडेल प्रस्तुतकर्ता तथा सूर्य कान्त कोइराला र महेश कोइराला सह-निर्मातामा छन् । 

राजनीतिमा युवाको हस्तक्षेपलाई मुख्य कथावस्तु बनाइएको यस फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा (कांग्रेसका नेता), अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत तथा तारा थापा (किम्भे)को सम्पादन रहेको छ ।