Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माघे संक्रान्तिका फिल्म नचलेपछि तर्सिए ‘बिगुल’का निर्माता, रोकियो रिलिज

फिल्मीखबर, काठमाडौं, 2026/01/18

bigul

 

यतिबेला मौसम जस्तै नेपाली फिल्मको व्यापार पनि चिसिएको छ । गत मंसिरयता हप्तैपिच्छे नयाँ फिल्म प्रदर्शनमा आए पनि कुनैले सफलता पाउन सकेका छैनन् । बरू यही बीचमा बलिउडको ‘धुरन्धर’ र हलिउडको ‘अवतार ३’ले नेपालमा आक्रामक कमाइ गरे । तर, नेपाली फिल्म भने एकपछि अर्को गर्दै असफल हुँदा फिल्म क्षेत्रमा निराशा र अनिश्चितता बढेको छ ।

गत बिहीबारदेखि प्रदर्शन भएका तीन फिल्म ‘मिरमिरे’, ‘भाइरल गोर्खे’, र ‘गोबर गणेश’ले २ महिनादेखिको व्यापारिक मन्दीलाई चलायमान बनाउने अपेक्षा गरिएको थियो । तर, यी फिल्म पनि बक्स अफिसमा दयनीय देखिएका छन् । तीन दिनमा तीन फिल्मले ५० लाख समेत कमाउन सकेका छैनन् । यसले गर्दा रिलिजको प्रतीक्षामा रहेका फिल्म समेत सर्न थालेका छन् ।

यही शुक्रबार अर्थात् ९ माघमा प्रदर्शन हुने भनिएको फिल्म ‘बिगुल’को रिलिज नै स्थगित गरिएको छ । प्राविधिक कारण देखाएर फिल्मको प्रदर्शन रोकिएको भए पनि यसका निर्माताले माघे संक्रान्तिका तीन फिल्मले अपेक्षित व्यापार नगरेपछि रिलिज रोक्ने निर्णय गरेको बताइन्छ । अब बक्स अफिस पूर्ण रूपमा चलायमान भएपछि मात्र फिल्म रिलिज गर्ने योजनामा निर्माण पक्ष छ । 

रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’मा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रविन्द्र खड्का लगायतको अभिनय रहेको छ । यही फिल्मबाट मीरा पण्डितले अभिनेत्रीको रूपमा डेब्यु गरेकी छन् । फिल्मका निर्माता दिनेश कोइराला हुन् ।